बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

पूर्व राजादेखि गणतन्त्रवादीसम्म अटाउने नवीन समझदारी आवश्यक : अध्यक्ष लिङ्देन

मंगलबार, चैत्र २६ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजादेखि गणतन्त्रवादीसम्म अटाउने नवीन समझदारी गर्नुपर्ने दोहोर्‍याएका छन्।

मंगलबार पार्टीले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

‘देश यही अवस्थाबाट अगाडि बढ्न सक्दैन । तर, यही अवस्थामा पनि रहन सक्दैन । देशलाई नयाँ समझदारी आवश्यक छ । शान्तिपूर्ण ढंगले सबै राजनीतिक शक्तिबीच नवीन समझदारी गरौं । हिजोका र अहिलेका राम्रा विषयलाई अनुशरण गरौं,’ लिङ्देनले भने, ‘राजादेखि गणतन्त्रवादी अटाउने व्यवस्था गरौं । जनता सार्वभौमसत्ताको मालिक हुने गरी राजा देशको अभिभावक हुनेछन् । कार्यकारी प्रधानमन्त्री, प्रदेश नभएको हिन्दू राज्य र बलियो स्थानीय तह बनाएर जाऊँ ।’

अध्यक्ष लिङ्देनले चैत १५ गते काठमाडौंमा सरकारले हिंसा मच्चाएको आरोप लगाए।

अध्यक्ष लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप समेत लगाए।

‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भने, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’