बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

महालक्ष्मी विकास बैंकद्वारा कृतिम हात वितरण

शुक्रबार, बैशाख २० २०७६

काठमाडौं वैशाख, २०–
महालक्ष्मी बिकास बैंकले कृतिम हात बितरण गरेको छ । संथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकको वीरगंज शाखाले रोटरी क्लब विरगंज शाखासँग समन्वय गरी करिब तीस हजार रुपैयाँ बराबरको १५ थान हात वितरण गरेको हो । 
लाभान्वित व्यक्तिहरुले अब हातको माध्यमले सहायताबिना नै खाने, केहीवस्तु समात्न सक्ने भएकाले उनीहरुको दैनिकी सहज हुने बैंकले जनाएको छ । बैंकले आगामी दिनमा पनि स्थानीय हितका लागि अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।