बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओली–मोदिबिच थाइल्यान्डमा भेटवार्ता हुने

बुधबार, चैत्र २० २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीद्वय बिच शुक्रबार ४ बजे भेटवार्ता हुने भएको हो ।

प्रधानमन्त्री ओली र मोदीबिच थाइल्यान्डमा भेटघाट गराउने प्रयास सुरुदेखि नै भइरहेको थियो । तर भारतका तर्फबाट निश्चित भइरहेको थिएन । नेपालबाट लगातारको प्रयासले दुई प्रधानमन्त्री बिचमा अन्तिम समयमा भेटवार्ता हुने निश्चित भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदि भोलि थाइल्यान्ड पुग्नेछन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलि हिजै थाइल्यान्ड पुगिसकेका छन्