लुटतन्त्रको विरुद्धमा लड्ने उद्घोष
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफू जिम्मेवारीमा फर्किएको बताएका हुन्। उनले आफू केही समय अझै शान्त बस्न खोजेपनि सरकारको कारण जिम्मेवारीमा फर्किनुपरेको बताएका हुन् ।
उनले आफ्नो टाउकोमाथि सरकारले अझै पनि तरबार झुण्ड्याइरहेको आरोप लगाए ।
सभापति लामिछानेले शरीरमा एकथोपा रगत रहेसम्म लुटतन्त्रको विरुद्धमा लडिरहने उद्घोष समेत गरे।
लामिछानेले आगामी शनिबार चितवनमा विशेष सम्बोधन गर्नेछन् ।