हेटौँडा । नेकपा एमालेले गणतन्त्रको पक्षमा हेटौँडामा प्रदर्शन गरेको छ । सोमबार नेकपा एमाले मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको हो ।
हेटौँडाको चार दिशाबाट र्याली निकालेर एमाले सिमाचोकमा नेता तथा कार्यकर्तासहित सभा आयोजना गरेको हो । एमालेले हेटौँडाको पूर्वमा सानो पोखरा, पश्चिममा हेटौँडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निकालेको थियो ।
र्यालीपछि गरीएको सभालाई एमालेका केन्द्रीय स्तरका नेताहरू सम्बोधन गरेका थिए ।
पछिल्लो समय राजावादीहरुले प्रदर्शन गरेपछि गणतन्त्रवादिहरुले समेत विभिन्न ठाउँमा प्रदर्शन गरीरहेका छन् ।