काठमाडौं । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा सडक आन्दोलनमा होमिएका राजावादीहरुको कार्यक्रम बिथोलिएको छ ।
काठमाडौंको तिनकुनेमा भेला भएर बानेश्वरतिर छिर्न खोजेपछि प्रहरीसँग राजावादीको धकेलाधकेल भएको छ । सो क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि सहभागीहरू भागाभाग भएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट मानिसहरू प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।
कार्यक्रम बिथोलिएपछि राजावादी नेताहरु कार्यक्रमस्थलबाट भागेका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।