बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

करिब १ सय ५ किलो गाँजा सहित अटो चालक पक्राउ

बिहिबार, चैत्र १४ २०८१

धनकुटा । सहिदभूमी गाउँपालिका–१ सेती चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।