काठमाडौ वैशाख, १५–
नेपाल धितोपत्र बोर्डले बिज्ञप्ती जारी गर्दे पहिलो पटक खुल्लामुखी सामुुहिक लगानी योजना सञ्चालन गर्न अनुमती दिएको जानकारी दिएको छ । आव २०७५—०७६ को नीति तथाका र्यक्रममा धितोपत्र बजारमा सामूहिक लगानी कोष अन्तर्गत खुलामुखी योजनालाई समेतप्रवेश गराउने कार्यक्रम रहे अनुरुप एक योजना व्यवस्थापकलाई प्रयोगात्मकरुपमा प्रारम्भिक आकार ५० करोड रहने गरी पहिलो खुलामुखी सामूहिक लगानी योजना संचालन गर्न अनुमति प्रदान बोर्डको जनाएको छ ।
योजना अन्तर्गत पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुल्ला हुनेछ । वि. सं. २०६७ सालमा सामूहिक लगानी कोष नियमावली लागू भएपश्चात बोर्डले हालसम्म करीव १६ अर्व रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजनाहरु मात्र संचालनमा रहेको छ । सोही अवस्थामा धितोपत्रबजारमा नयाँ वित्तीय औजारको रुपमा उक्त खुलामुखी सामूहिक लगानीकोष योजना संचालन गर्न अनुमति प्रदान गरिएको हो, बोर्डले भनेको छ । बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार नहुने, योजनाको खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीद बिक्री गर्न सक्नेछन ।
यसका अतिरिक्त खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने, लगानीकर्ताहरुले ईकाइखरिद गर्दा कुनै शुल्क नलाग्ने, बन्दमुखी योजना जस्तै खुलामुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम एक हजार रुपैयाँ सम्ममा इकाई खरीदगर्न सकिने तथा लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने बिशेषता खुलामुखी योजनामा रहेको हुन्छ ।
योजनाको प्रवेश सँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँ वित्तीयऔजार उपलब्ध हुने र यसबाट लगानीकर्ताहरुले लगानी विविधीकरण गर्न सहयोग पुग्नुका साथै धितोपत्रबजारमा नयाँ आयाम थप हुने र हाल अन्य खुलामुखी योजना समेत आउने क्रममा रहेकोेमा यसबाट बजारको दायरा फराकिलो हुन सहयोग पुग्ने बिश्वास बोर्डले लिएको छ ।