बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

गणतन्त्र पक्षधरहरूको सरकार बनाउन छलफल सुरु : सांसद दाहाल

आइतबार, चैत्र ३ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउन छलपल सुरु भएको बताएका छन् ।

आज आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने, ‘समस्या सडकभन्दा सरकारमै छ। अनियमितिता छ । सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्ने र यो प्रक्रियाबाट बाहिर ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्रपक्षधरहरू एक ठाउँमा उभिने सहकार्य गर्ने थालनी भएको छ, गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन। गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ ।’

यो प्रारम्भिक छलफल भएकाले आकार ग्रहण गरिनसकेको उनको भनाइ थियो । उनले नेकपा एमालेसँग भन्दा बढी छलफल नेपाली कांग्रेससँग हुने पनि बताए ।

माओवादीले केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीकै कारण राजावादीहरू सल्बलाएको बताउँदै आएको छ।