बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

लुम्बिनी विकास बैंकको नाफामा उच्च वृद्धि, चालुु आवको नौ महिनामा ३४ करोड ३४ लाख कमायो

बुधबार, बैशाख ११ २०७६

काठमाडौ वैशाख, ११–
लुुम्बिनी  विकास बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १८ करोड ४४ लाख ११ हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुंजी दुुई अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २४ अर्ब ३५ करोड ४५ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ३६ करोड २७ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७३ करोड २४ लाख २१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुुपात दुुई दसमलव ३१ प्रतिशत रहेको छ ।  
गत आवको सोही अवधिमा बैंकले १९ अर्ब ४२ करोड ५४ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ४९ करोड ५८ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५३ करोड ४५ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैैकमा निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ५९ प्रतिशत रहेको थियो ।