काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका–१२ घले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २८ वर्षीय किशोर जोशी, ३५ वर्षीय जगदिश राना र २८ वर्षीय भीमनाथ योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ सय ग्राम सहित धादिङ गजुरी नगरपालिका–४ बस्ने २६ बर्षीय राजन चेपाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले धादिङबाट वीरगंजतर्फ जाँदै गरेको प्र.०३–०३–००१ प ५२७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्राम सहित सोही नगरपालिका–१ पृथ्बीनगर बस्ने २९ वर्षीय प्रन्नयन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ ठउरी बस्ने २४ वर्षीय राम बहादुर नेपाली र बराहताल गाउँपालिका–२ रानीघाट बस्ने २१ वर्षीय रामचन्द्र थापा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.९ प ८७७० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।