बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, फाल्गुन १८ २०८१

काठमाडौं । डडेलधुराको १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोज बहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोज बहादुरले ती बालिकालाई गत असारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका–२ बस्ने ३७ वर्षीय निर बहादुर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।