बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

बाटो खर्च लिएर बिदा भए महाशिवरात्रिमा पशुपति आएका साधु सन्त

शुक्रबार, फाल्गुन १६ २०८१

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथमा मेलामा आएका साधु सन्तहरुलाई बाटो खर्च दिएर बिदाई गरीएको छ ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम आयोजना गरी साधु सन्तलाई खर्च दिएर बिदाई गरेको हो ।

बिदाइका क्रममा  साधु सन्तहरुलाई रुद्राक्षको माला समेत लगाई दिएको थियो । परापूर्वकाल देखिनै महाशिवरात्रि मेलामा आएका स्वदेशी तथा विदेशी साधु सन्तहरुलाई खाने, वस्नेसहित बाटो खर्चको व्यवस्था गर्दै आएको छ ।