काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्तारुढ कांग्रेस एमालेले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका थिए ।
सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत गर्न बहुमत नभएपछि सत्तापक्ष अहिले सङ्कटमा छ । सोही विषयमा छलफल गर्न शुक्रवार संयन्त्रको बैठक बस्न लागेको बताइएको छ ।