बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पदबाट हटाउने अधिकार मन्त्रालयलाई छैन् : कुलमान घिसिङ

बिहिबार, फाल्गुन १५ २०८१

काठमाडौं । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने सम्बन्धमा लगाएका आरोपलाई अस्वीकार गर्दै मन्त्रालयले आफूलाई प्रष्टीकरण सोध्ने र पदबाट हटाउन नसक्ने बताएका छन्।

मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट किन नहटाउने भन्दै नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ २४ घण्टे स्प्रष्टीकरण सोधेका थिए ।

घिसिङले आफ्नो नियुक्ति मन्त्रिपरिषद्ले गरेको र मन्त्रालयसँग आफूलाई पदमुक्त गर्ने अधिकार नरहेको बताए । ‘म मन्त्रिपरिषद् बैठकबाट नेपाल विधुत प्राधिकरण ऐन, २०४१ को दफा १७ ९१० बमोजिम ४ वर्षको लागि नियुक्त भएको हुँ र मलाई सेवाबाट हटाउने अधिकार नेपाल सरकारको कार्य सञ्चालन नियमावली र सम्बन्धित विनियमावली अनुसार छैन ।’

मन्त्री खड्कालाई पठाएको जवाफमा घिसिङले आफूमाथिको आरोप पूर्णरुपमा गलत र मनोगत रहेको जिकिर गरे । ‘मेरो नियुक्तिपछिको प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ’, कुलमानले जवाफमा भनेका छन्, ‘तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ।’

आफूलाई क्षेत्राधिकार नै नभएको विषयमा मन्त्रीले कारबाही गर्न खोजेको उनको जिकिर छ । ‘क्षेत्राधिकारको उक्त बुँदाको अतिरिक्त नेपाल विधुत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारवाही गर्न लागिएको हो ? त्यहाँबाट कसुर नै एकिन नभएको स्पष्टिकरणबाटै प्रकट भएको छ। स्पष्टिकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारवाही गर्न मिल्दैन’ घिसिङले भनेका छन् ।