काठमाडौं । केपी ओली कपअन्तर्गत आज दुई खेल हुँदैछन् ।
आज पहिलो खेल एपीएफ क्लब र संकटा क्लबबीच हुनेछ । यो खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यसअघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाइब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको थियो ।
त्यस्तै, दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ । यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।
यसअघि सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ भने केपी ओली एफसीले न्यूरोड टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।