बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अब कुमारीको एसआईपी तथा अन्य लगानी सम्बन्धी सेवाहरु फिङगर टिप्सबाट

आइतबार, फाल्गुन ११ २०८१

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो कुमारी क्यापिटल नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउनेछ । अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्नेछन् ।

एसआईपी अब झन् सजिलो !

कुमारी क्यापिटल मोबाइल एपको माध्यमबाट क्क्ष्ए व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुनेछ । यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्ताहरूलाई सहज एवं व्यवस्थित रूपमा लगानी गर्न मद्दत गर्नेछ । एपका प्रमुख विशेषताहरूमा कुनै पनि समय, कहीँबाट पनि क्क्ष्ए सुरु, ट्र्याक र व्यवस्थापन गर्न सकिने, डिम्याट खाता हेर्न र व्यवस्थापन गर्न सहज बनाउन सकिने, साधारण शेयरको आवेदन दिँदा झन्झट बिनाको अनुभव हुने र आधुनिक प्रविधि, सहज इन्टरफेस र सुरक्षित लगानी हुने लगायतका रहेका छन् ।

नेपालमा डिजिटल लगानीको युग
कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा भन्छन, “हामी चाहन्छौँ कि प्रत्येक लगानीकर्ताले सहज रूपमा यस क्यापिटलबाट प्रदान गरिने सेवाहरु स्वदेश तथा बिदेशमा रहनु हुने हरेक नेपालीको हात हातमा पुगोस भन्ने हेतुलेनै हामीले मोबाइल एप मार्फत क्क्ष्ए सुरु गर्ने, म्झबत खाता खोल्ने, लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, sip मा आवेदन दिने जस्ता सुविधाहरू अझ सरल बनाएका छौं, जसले गर्दा लगानीकर्ताहरूको यात्रा झन् सहज र व्यवस्थित हुनेछ ।” यस क्यापिटलले लगानी मैत्री प्रविधिको विकासमा विशेष ध्यान दिदै आइरहेको समेत जानकारी गराए ।