काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट सुरु हुन लागेको तेस्रो संस्करणको ‘केपी ओली कप फुटबल’ प्रतियोगीता आजबाट सुरु हुँदैछ । दिउँसो ३ बजेबाट आजको पहिलो खेल हुन लागेको आयोजना राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
त्यसअघि दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने छ । एन्फा कम्प्लेस सातदोबाटोमा हुने आजको पहिलो खेल उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच हुनेछ ।
नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ।
फागुन १२ र १३ गते समान २ खेल हुनेछन्। सेमिफाइनल फागुन १६ र १७ गते तथा फाइनल १९ गते हुनेछ।
सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।
मछिन्द्रले यसअघि भएको संस्कणको उपाधि जितेको थियो ।