बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाली सेनाको भीभीआइपी हेलिकप्टर किन्दा १४ करोड अतिरिक्त भार

बिहिबार, बैशाख ५ २०७६

काठमाडौं वैशाख, ५–
नेपाली सेनाको भीभीआइपी मिडियम हेलिकप्टर अगस्टा वेस्टल्यान्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्यवभार थपिएको छ ।

हेलिकप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ भएकाले अतिरिक्त व्ययभार व्योहोर्नु परेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

२०७४ कात्तिक ३० मा हेलिकप्टर खरिदका लागि सम्झौता भए पनि प्रतीतपत्र खोल्ने प्रयोजनका लागि राष्ट्र बैंकलाई माघ १० गते एक अर्ब ७० करोडको चेक पठाइएको थियो । तर रकम अपुग भएका कारण कारबाही अघि नबढाइएकाले २०७५ वैशाख २० मा १९ करोड १८ लाख थप गरिएको थियो ।