आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

मंगलबार, फाल्गुन ६ २०८१

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको भाउ भने आज स्थिर छ ।

सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।