काठमाडौ वैशाख, ३–
जगदम्बा मोटर्स, अन्तराष्ट्रिय स्तरमा प्रसिद्द दुइ तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता हो । नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा नेतृत्वदायी भूमिकामा रहेको दराज ग्रुुप दक्षिण एसियाका देशहरुपाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ ।
यो नयाँ बर्षमा टिभिएस किन्न ईच्छुक ग्राहकहरुलाई खुसिको खबर छ । १० अप्रिलमा जगदम्बा मोटर्स प्रालिका भाईस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ बिच भएको एउटा सम्झैता अनुसार अब दराज अनलाईनबाट टि भि एसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने छ । नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमान्डौका ग्राहकहरुले दराजबाट कुनै पनि टि भि एसका बाईक वा स्कुटर किन्दा रु १० हजार को छुट पाउने छन । समित अबधिको लागि दिईएको छुट पहिलो एक सय जना ग्राहकहरुका लागि मात्र लागू हुनेछ ।
अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएको नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नैलो प्रयोग हुनेछ। यसको व्यापकता आउनेदिनहरुले देखाउने नै छन ।