बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिबु शाखा स्थानान्तरण

सोमबार, माघ २८ २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल अवस्थित रहेको खुशिबु शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुशिबुमा रहेको शाखा कार्यालय सोही वडाभित्र करिब ९० मिटर पश्चिममा आइतबार स्थानान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले उक्त शाखाको समुद्घाटन गरेका हुन । यो शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । खुशिबु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको छ ।

हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ ।