काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
आज सुनको मूल्य २२ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
हिजो तोलामा एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज एक हजार ९७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।