बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, माघ १४ २०८१

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

हिजो आइतबार तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँ घट्दै १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।