काठमाडौं चैत, २६–
बहुप्रतीक्षित हुवाएको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ । याक एण्ड यति होटलमा चैत्र २४ गते आयोजना गरिएको एउटा भव्य समारोहका माझ ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– हुवाए पी ३०, ह्वावे पी ३० प्रो र हुवाए पी ३० लाईट सार्वजनिक गरिएको हो । उक्त समारोहमा कर्पोरेट क्षेत्र र संचार क्षेत्रका व्यक्तित्वहरू तथा सेलिब्रेटीहरूको उपस्थिति रह्यो ।
नेपाली बजारमा ह्वावे पी ३०, हुवाए पी ३० प्रो र ह्वावे पी ३० लाईट स्मार्टफोनको ब्रिक्री चैत्र २९ बाट सुरू हुँदैछ । ह्वावे पी ३० प्रो को मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने हुवाए पी ३० को मूल्य ८४ हजार ९०० रूपैयाँ तोकिएको छ। त्यस्तै हुवाए पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्दछ । अग्रीम बुकिङ भने चैत्र २७ बुधबार सम्म गर्न सकिनेछ ।
हुवाए को पी ३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबि बैंक, र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ ।
हुवाए पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा हुवाए पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ । यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा), स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ । यी परिवर्तनकारी प्रविधिहरूसँगै ह्वावे पी ३० र ह्वावे पी ३० प्रो मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ ।
हुवाएको पी ३० सिरिजले प्रयोगकर्ताहरूलाई आफू वरपर सुन्दरता कैद गर्न सहज बनाई आगामी पुस्ताको स्मार्टफोनका लागि गति तय गर्ने निश्चित छ । डीएक्सओ मार्क स्कोरमा कीर्तिमानी ११२ अंक ल्याएको ह्वावे पी ३० प्रो मा नया लाइका क्वाड क्यामरा प्रणाली रहेको छ साथै हुवाए सुपरस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरू खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ ।
ह्वावेको पी ३० सिरिजले प्रयोगकर्ताहरूलाई आफू वरपर सुन्दरता कैद गर्न सहज बनाई आगामी पुस्ताको स्मार्टफोनका लागि गति तय गर्ने निश्चित छ ।
आरवाईवाईबी हुवाए सुपरस्पेक्ट्रम सेन्सर परम्परागत आरजीजीबी बेयर फिल्टर भन्दा फरक छ । यसमा ग्रीन पिक्सलको स्थानमा पहेँलो पिक्सल रहेको ५ भने ह्वावे पी ३० प्रो ले आइएसओ रेटिङमा सबैभन्दा धेरै ४०,९६,०० र हुवाए पी ३० ले २०,४८,०० पाएको छ । ह्वावेको एआईएस, ओआइएस र हुवाएको पी ३० प्रो को एफ÷१.६ ईन्चको वाइड एपरर्चरसहित सेन्सर प्रविधिमा आएको आधारभूत परिवर्तनले फोटोग्राफी र भिडियोग्राफीको असमान्य अनुभव प्रदान गर्दछ र एकदमै कम उज्यालो वा जस्तोसुकै प्रकाशमा पनि स्पष्ट र प्रष्ट रंग वा पृष्ठभूमि भएका तस्वीरहरू खिच्दछ ।
हुवाएले ह्वावे वाच जिटी एक्टिभ ईडिसन र एलगेन्ट ईडिसन, हुवाए फ्रिलेस वायसलेस इयसफोन, हुवाए एक्स जेन्टलमोन्सटर आईवेयर पनि सार्वजनिक गरेको छ । नयाँ सुपरजुम लेन्सले पाँच गुणा अप्टिकल जुम, १० गुणा हाइब्रिड जुम र ५० गुणा डिजिटल जुम सपोर्ट गर्दछ । हुवाए टिओएफ क्यामराले एक्युरेट इमेज दिनका लागि डेप्थ अफ फिल्ड इन्फोरमेसन कैद गर्दछ । ह्वावेको एआईले पर्फेक्ट तस्वीर दिनका लागि सघाउँछ । एआई एचडीआर प्लसले फ्रन्ट र रियर क्यामरा संचालन गरी एकै चोटि खिचिएका तस्वीरहरुलाई राम्रो बनाउँछ ।
हुवाएको पी ३० सिरिजमा भएको स्मार्टफोटोग्राफीलाई सुपरस्पेक्ट्रम सेन्सरले कम प्रकाशमा पनि रातमा खिचिएका तस्वीरहरू उज्यालो र एकदम प्रष्ट आउँछ र यसले स्मार्ट भिडियोग्राफीको परिभाषालाई पुनः परिभाषित गरेको छ । हुवाएको डुअल भ्यू भिडियोले भिडियोले एउटै सिन वा मानिसको दुई वटा पर्सपेक्टिभ सटहरु खिच्न सघाउँछ । हुवाएको एआईएस र ओआइएसले सबै भिडियो क्याप्चर सेटिङहरूका लागि भिडियो स्टेबलाइजेसजनलाई सपोर्ट गरी परफेक्ट सट दिन्छ । यसका साथै सुपरजुम लेन्सले सटिक क्लोजअप तस्वीरहरू खिच्न मद्दत गर्छ भने एआई भिडियो एडिटरले स्पेशल इभेक्टहरू र ब्याकग्राउन्ड म्युजिक प्रदान गरी ह्वावे पी ३० सिरिजलाई मोबाइल प्रोडक्शन स्टुडियोमा परिणत गर्दछ ।