बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अमेरिकाका राष्ट्रपति ट्रम्पले आज सपथ लिँदै

सोमबार, माघ ७ २०८१

वासिंगटन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिँदै छन् । तर, वासिंगटन डिसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण हुने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई सपथ गराउनेछन्।

सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले सपथ बन्द कोठामा लिन लागिएको हो ।

साथै, १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् । डोनाल्ड ट्रम्पले चिसो मौसमका कारण क्यापिटल रोटुण्डामा सपथ ग्रहण समारोह आयोजना गर्न आदेश दिएको पुष्टि गरेका छन् ।

समाचारहरुमा उल्लेख भए अनुसार राष्ट्रपतिको सम्बोधनका साथै अन्य भाषण अब भवन बाहिर नभई युएस क्यापिटलको रोटुण्डा भित्र हुनेछ । उद्घाटन परेड पनि लगभग १.६ किलोमिटर टाढा वाशिंगटनको क्यापिटल वन एरेनामा हुनेछ। पछिल्लो पटक सपथ ग्रहण समारोह पूर्व रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालको लागि घर भित्र नै आयोजित गरिएको थियो ।

ट्रम्पको दोस्रो कार्यकाल र उनकी आप्रवासन नीतिबारे अन्तर्राष्ट्रिय समुदायले पनि चासो व्यक्त गरेको छ। विश्वका प्रमुख नेताहरू वाशिङ्टन डीसीमा उपस्थित भएका छन् भने अन्य देशहरूले यस कदमलाई कस्तो प्रतिक्रिया दिनेछन् भन्ने विषयमा विश्लेषण जारी छ। अमेरिकामा ट्रम्पको कडा शैलीको नेतृत्वले समर्थकहरूलाई थप उत्साहित पारेको छ भने आलोचकहरूले लोकतन्त्र र मानवअधिकारका विषयमा चिन्ता व्यक्त गरेका छन्। अबको केही घण्टामा हुने ट्रम्पको सम्बोधन र अध्यादेशले आगामी चार वर्षको उनको रणनीतिको झलक दिने अपेक्षा गरिएको छ।