काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार मध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य बढाएको हो ।
जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
