बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमै आक्रमणको प्रयास

बुधबार, माघ २ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् ।

बुधबार जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको जाहेरी पक्षबाट बहस सकेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात प्रयास भएको हो ।

समर्थक मध्ये केहीले आक्रमण गर्न खोजेपछि प्रहरीले त्रिपाठीलाई सुरक्षा दिएको थियो । प्रहरीको समूहले घेरा हालेर वरिष्ठ अधिवक्ता त्रिपाठीलाई सुरक्षित स्थानतर्फ लगिएको थियो।