आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकहरुबाट राष्ट्र बैंकले तान्यो ४० अर्ब रुपैंयाँ

बुधबार, माघ २ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैंयाँ तानेको छ । अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर बैंकिङ प्रणालीबाट उक्त परिमाणमा रकम तानेको हो।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुुने अवधि २१ दिन तोकिएको उपकरणको सावाँ व्याज भुक्तानी मिती माघ २३ गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री भएको हो।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने जानकारी राष्ट्र बैंकले जनाएको छ।