बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज सुनको मूल्य बढ्यो

सोमबार, पुष २९ २०८१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम रहेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।