बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कामना सेवाकोे ८१ औ शाखा मोरङ्गको विराटचोकमा

शुक्रबार, चैत्र २२ २०७५

काठमाडौं चैत, २२–
कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङ्ग जिल्ला सुन्दर हरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा बिहिबार आफ्नो ८१ औै शाखा कार्यालयस्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाको क ारोबार शुभारम्भ गरिएको हो ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको समुद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रर्वधनलाई अझ तिव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा सोही कार्यक्रममा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमाआफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दे आएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैकिङ, मोवाईल बैंकिङ, सि—आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।