बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पुर्वराजा ज्ञानेन्द्रको पूर्व–तराई ‘मिसन’ फेरी सुरु

बिहिबार, चैत्र २१ २०७५

काठमाडौं चैत, २१–
पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विभिन्न नेतासंग पुनः भेट सुरु गरेका छन् । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उनले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन्  । यो समाचार आजको नेपाल समाचारपत्रमा छन् । 

उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन्  । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो ।

भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए । ‘भेटका क्रममा सबैले पुर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।

उनले करिब चालिसजना भन्दा बढीलाई भेटेको बताइन्छ । सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेको उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत थिए ।