आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पतीको व्यवस्थापन पेचिलो

बुधबार, पुष २४ २०८१

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले बिगतमा प्रवाह गरेको कर्जाबाट नियमितरुपमा सावाँ व्याज उठाउन नसक्दा वित्तीय संरचना नैं बिग्रने अवस्था आईपुगेको छ । बिगतमा प्रवाह गरेको ठुलो परिमाणको कर्जा उठ्न नसक्दा त्यस्तो कर्जाको लागि प्रयोग गरेको धितो लिलाम गर्नुपर्ने र लिलामको लागि पटक पटक सार्वजनिक सुचना जारी गर्दा पनि त्यस्तो धितो लिलाम हुन नसकेपछि धितोकोरुपमा रहेको उक्त सम्पती आफैले गैर बैंकिङ सम्पतीकोरुपमा स्वीकार गर्न बैंकहरु बाध्य भएका छन् । यही बाध्यताकाकारण अहिले बैंकहरुको निष्क्रिय कर्जा बढेको छ भने खुद मुनाफा घट्दै गएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षको कात्र्तिक मसान्तसम्ममा कुल कुल ६६ खर्ब ४४ अर्ब २३ करोड १० लाख रुपैंयाँ निक्षेप संकलन गरी ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा ३८ अर्ब २६ करोड १० लाख रुपैंयाँ बराबरको गैर बैंकिङ सम्पती देखिएको छ । गत आवको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ५९ खर्ब १२ अर्ब ७९ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४९ खर्ब ७६ अर्ब ४७ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा २१ अर्ब ९१ करोड ६० लाख रुपैंयाँ बराबरको गैर बैंकिङ सम्पती देखिएको थियो।

सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले मात्र चालु आवको कात्र्तिक मसान्तसम्ममा कुल ५९ खर्ब सात अर्ब १६ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा ३२ अर्ब ३३ करोड ७० लाख रुपैंयाँ बराबरको गैर बैंकिङ सम्पती देखिएको छ । गत आवको सोही अवधिमा भने बाँणिज्य बैंकहरुले कुल ५२ खर्ब २६ अर्ब ५५ करोड ६० लाख रुपैंयाँ बराबरको निक्षेप संकलन गरी ४४ खर्ब एक अर्ब ३० करोड रुपैंयाँ बराबरको कर्जा प्रवाह गर्दा १८ अर्ब २१ करोड ८० लाख रुपैंयाँ बराबरको गैर बैंकिङ सम्पती देखिएको थियो । बिकास बैंकहरुले भने चालु आवको कात्र्तिक मसान्तसम्ममा कुल छ खर्ब तीन अर्ब ३४ करोड रुपैंयाँ निक्षेप संकलन गरी पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा तीन अर्ब ६६ करोड ३० लाख रुपैंयाँ बराबरको गैर बैंकिङ सम्पती देखिएको छ । गत आवको सोही अवधिमा बिकास बैकहरुले पाँच खर्ब ७२ अर्ब २० करोड १० लाख रुपैंयाँ निक्षेप संकलन गरी चार खर्ब ८२ अर्ब ३८ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा दुई अर्ब ३८ करोड ५० लाख रुपैंयाँ बराबरको गैर बैंकिङ सम्पती देखिएको थियो।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने चालु आवको कात्र्तिक मसान्तसम्ममा कुल एक खर्ब ३३ अर्ब ७२ करोड ६० लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा दुई अर्ब २६ करोड १० लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पती देखिएको छ । गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुले कुल एक खर्ब १४ अर्ब तीन करोड ६० लाख रुपैंयाँ निक्षेप संकलन गरी ९३ अर्ब ९६ करोड ६० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गर्दा एक अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको रकम गैर बैंकिङ सम्पती देखिएको थियो।