काठमाडौं चैत, २०–
सेञ्चुरी कर्मसियल बैंकले आँधीहुरी पीडितलाई सहयोग गरेको छ । बैैकले आइतबार साझँ बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीको कारण मृत्यु हुनेहरुमा हार्दिक समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत स्वरुप संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत खाद्यान्न सहयोग गरेको हो ।
बैंकका अनुसार अकल्पनिय घटनाका चार सय ९० पिडित परिवारहरुलाई पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो ।