काठमाडौं। हमासले इजरायल आक्रमणका क्रममा बन्दी बनाएकामध्ये ३४ जनालाई रिहा गर्ने भएको छ ।
हमासका एक वरिष्ठ अधिकारीमार्फत चौँतिस जनाको सूची सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै इजरायलसँगको सम्भावित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत उनीहरूलाई रिहा गर्न लागेको जनाइएको छ ।
सार्वजनिक सूची अनुसार ५० देखि ८५ वर्ष उमेर समूहका दस जना महिला र ११ जना वृद्ध पुरुष रहेका छन् । त्यस्तै साना केटाकेटी र बिरामी व्यक्तिलाई पनि सोही व्रmममा छाड्न सूचीमा समावेश गरिएको जनाइएको छ ।
इजरायलको प्रधानमन्त्री कार्यालयले भने त्यसरी रिहा गर्न लागिएका व्यक्तिबारे जानकारीमा नआएको जनाएको छ ।
नेपालका विपिन जोशी पनि हमासको बन्धकमा रहेको अनुमान गरिएको छ तर उनका बारेमा स्पष्ट जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन ।