काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वातै बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य एक हजार ४ सय रुपैयाँले बढेको छ ।
मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।