आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तीन अर्ब ६५ करोड रुपैंयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

मंगलबार, पुष १६ २०८१

काठमाडौ । नेपाल राष्ट्र बैंकले तीन अर्ब ६५ करोड ९३ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ । राष्ट्र बैंकले मंगबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बिभिन्न कोषमा रहेको रकम तीन सय ६७ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

रकम लगानीको अवधि जनवरी १६, २०२५ देखि जनवरी १७, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही पुस १९ गते शुक्रबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने राष्ट्र बैंकको भनाई छ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि दुई अर्ब ९२ करोड ७६ लाख, बिकास बैकहरुको लागि ५४ करोड ८८ लाख र फाईनान्स कम्पनीहरुको लागि १८ करोड २९ लाख रुपैंयाँ रहेको छ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।