अरुले दुःखले बनाएको घरमा लुसुक्क छिरेर ‘बन साङ्ला' ले 'घर साङ्ला' लाई लखेटे झैं उल्टै हाकिम पल्टिने ?
काठमाडौं । नेकपा एसका महासचिव घनश्याम भुसाललाई नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले कवितात्मक जवाफ फर्काएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले एमाले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको महोल शान्त हुने बताएका थिए। त्यसको जवाफमा रिमालले यस्तो बताएका हुन् ।
भुसालले एमालेभित्र उकुसमुकुस बढेको भन्दै अध्यक्ष पद छाड्न केपी शर्मा ओलीलाई सुझाव दिएका थिए । त्यतिमात्र होइन पार्टी नेतृत्वमा ओलीको नीति असफल भइसकेकाे भन्दै ओलीलाई भुसालले नेतृत्व छोड्न सुझाएका थिए ।
सामाजिक सञ्जालबाटकवितात्मक शैलीमा त्यसको जवाफ फर्काउँदै एमाले उपमहासचिव रिमालले भनेका छन्, ‘ह्याउ भए बनाएर देखाउ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हॉडा-भाँडा’हरू
बज्न नदेउ न’
अहिले अर्तिउपदेश दिने भुसाल त्योबेला सधैँ विवाद झिकेर बस्ने र पार्टी विभाजनमा लाग्ने गरेको दृष्टान्त पेश गर्दै रिमालले आदर्शका गफ र अर्ति उपदेशका पोका बोकेर उनी सधैँ हिँड्ने गरेको आरोप लगाएका छन् ।
हेर्नुहोस् उपमहासचिव रिमालको कविता :