आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकद्धारा तीन वटा रेमिट कम्पनीको लाईसेन्स खारेज

शुक्रबार, पुष १२ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट कम्पनीको लाइसेन्स खारेज गरिदिएको छ । राष्ट्र बैंकका अनुसार विप्रेषण नियमावली बिपरित कार्य गरेको आधारमा नमस्ते रेमिट इन्टरनेसनल प्रालि (नयाँ बानेश्वर), मोडर्न रेमिट्यान्स प्रालि (कमलपोखरी) र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) को लाईसेन्स खारेज गरिएको हो।

यदि यी कम्पनीसँग कारोबारका क्रममा कुनै रेमिट्यान्स रकम बाँकी रहेको भएमा ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी गराउन व्यक्ति वा संघसंस्थालाई राष्ट्र बैंकले आग्रह गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी नआएमा ती रेमिट्यान्स कम्पनीको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जानकारी दिएको छ।