काठमाडौं चैत, १५–
प्रदेश–२ मा एसईईका बाँकी सबै परीक्षा स्थगित गरिएको छ । शिक्षामन्त्रालयले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै प्रदेश २ का बाँकी सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको हो । परिक्षा अगावै लगातार रुपमा प्रश्नपत्र बाहिरिन थालेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अर्को परीक्षा तालिका चैत महिनाभित्रै सार्वजनिक गर्ने जानकारी गरए ।