बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रधानमन्त्रीलाई कांग्रेस नेता निधिको जवाफः ‘जो कांग्रेस सकिएको भ्रममा पर्छ, उ त्यही भ्रमको शिकार हुन्छ’

शुक्रबार, चैत्र १५ २०७५

चितवन चैत, १५–
 नेपाली कांग्रेसका  उपसभापति  बिमलेन्द्र निधिले यो देशमा नेपाली कांग्रेस बाहेक अरुको राजनितिक भविष्य नभएको बताएका छन् । बिहिबार नेकपाको प्रदेश ३ बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई कठैबरा भनेकोप्रति आक्रोश ब्यक्त गर्दै उपसभापति निधिले अर्को चुनावसम्म पर्खन प्रधानमन्त्री ओलीलार्ई आग्रह गरेका हुन्  ।
शुक्रबार नेपाल प्रेस युनियन चिवनद्वारा भरतपुर विमानस्थलमा  आयोजित पत्रकार सम्मेलन उनले प्रधानमन्त्रीलाई भ्रमबाट मुक्त हुन आग्रह गर्दै सरकार जनताबाट नांगीसकेको  र प्रधानमन्त्री ओलीकै  कारणाले अब नेकपाका दुर्दिन शुरु हुन लागेको बताए । 

उपसभापति निधिले भने, ‘जो कांग्रेस सकिएको भ्रममा पर्छ, ऊ त्यही भ्रमको शिकार हुन्छ । देशमा काँग्रेसबाहेक अरु कुनै दलको भविष्य छैन ।’ 
पूर्वगृहमन्त्री समेत रहेका निधिले प्रधानमन्त्रीकै कारण मुलुकमा द्वन्द्वको  खतरा बढेको भन्दै पदिय गरिमाको ख्याल गरेर बोल्न पनि सुझाव दिए । प्रधानमन्त्री भ्रममा रहेका र सत्तामा रहुन्जेल त्यस्तै हुने नेता निधिको तर्क थियो ।