आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

५४ वटा संस्थाको चार महिनाको खर्च ३५ अर्ब ३९ करोड

सोमबार, पुष ८ २०८१

काठमाडौं  । बैंक तथा फाईनान्स कम्पनीहरुको खर्च निरन्तर उकालो लागेपनि आम्दानी भने खुम्चिदै. गएको देखिएको छ । पछिल्लो समय बैंकहरुमा निक्षेप बढेपनि कर्जा बढ्न नसक्नु र बिगतमा प्रवाह गरेको कर्जाबाट पनि नियमितरुपमा सावाँ व्याज असुली हुन सकेको छैंन । यो अवस्थामा बैकहरुमा खराब कर्जा बढेकाकारण पनि आम्दानी घटेर खर्च बढेको हो।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक बर्षको कात्र्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले संस्थामा कार्यरत कर्मचारीहरुको नियमित तलव भत्ता र कार्यालय व्यवस्थापनको लागि मात्र कुल ३५ अर्ब ३९ करोड ४० लाख रुपैंयाँ खर्च गरेको देखिएको छ । यसरी गरिएको कुल खर्च मध्ये कर्मचारीहरुको तलब भत्ताको लागि मात्र २१ अर्ब ६४ करोड ६० लाख रुपैंयाँ खर्च भएको छ भने कार्यालय व्यवस्थापनको लागि थप १३ र्ब ७४ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको खुद मुनाफा भने २२ अर्ब ९९ करोड रुपैंयाँ रहेको छ । यो नाफा गत आवको सोही अवधिको हाराहारीमा हो।

राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल खर्च रकम ३३ अर्ब १३ करोड १० लाख रुपैंयाँ रहेको थियो । यो खर्चमा मध्ये कर्मचारीहरुको तलव भत्ताको लागि गरिएको खर्च २० अर्ब २२ करोड ३० लाख र कार्यालय सञ्चालनको लागि गरिएको खर्च १२ अर्ब ९० करोड ८० लाख रुपैंयाँ रहेको छ । चालु आवको पछिल्लो चार महिनामा बाँणिज्य बैैंकहरुले मात्र कर्मचारीहरुको तलव भत्ताको लागि १८ अर्ब ९१ करोड ८० लाख र कार्यालय व्यवस्थापनको लागि ११ अर्ब ९० करोड ७० लाख रुपैंयाँ समेत गरी कुल ३० अर्ब ८२ करोड ५० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च गत आर्थिक बर्षको सोही अवधिको तुलनामा झण्डै दुई अर्ब रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले कर्मचारीहरुको तलव भत्ताको लागि कुल १७ अर्ब ७२ करोड ९० लाख र कार्यालय व्यवस्थापनको लागि ११ अर्ब १३ करोड ४० लाख रुपैंयाँ समेत गरी कुल २८ अर्ब ८६ करोड ३० लाख रुपैंयाँ खर्च गरेका थिए।

बिकास बैंकहरुले भने चालु आर्थिक बर्षको कात्र्तिक मसान्तसम्ममा कर्मचारीहरुको तलव भत्ताको लागि दुई अर्ब १६ करोड ३० लाख र कार्यालय सञ्चालनको लागि एक अर्ब ४६ करोड रुपैंयाँ समेत गरी कुल तीन अर्ब ६२ करोड ३० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा २० करोड ८० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले कर्मचारीहरुको तलव भत्ताको लागि दुई अर्ब ६० लाख र कार्यालय व्यवस्थापनको लागि एक अर्ब ४० करोड ९० लाख रुपैंयाँ समेत गरी कुल तीन अर्ब ४१ करोड ५० लाख रुपैंयाँ खर्च गरेका थिए।

राष्ट्र बैकका अनुसार फाईनान्स कम्पनीहरुले भने चालु आर्थिक बर्षको कात्र्तिक मसान्तसम्ममा कर्मचारीहरुको तलव भत्ताको लागि ५६ करोड ३० लाख र कार्यालय व्यवस्थापनको लागि ३८ करोड १० लाख रुपैंयाँ समेत गरी कुल ९४ करोड ४० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा नौं करोड रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलव भत्ताको लागि ४८ करोड ९० लाख र कार्यालय व्यवस्थापनको लागि ३६ करोड ५० लाख रुपैंयाँ समेत गरी कुल ८५ करोड ४० लाख रुपैंयाँ खर्च गरेका थिए।