काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन्।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई भाइरल फोटोबारे सोधपुछ गरेका थिए। जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति रवि नै रहेको बताएको बुझिएको छ ।
उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्।