काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलाले ४०० रुपैयाँ बढेको छ ।
आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।
आइतबार सुनको मूल्य एकैदिन दुई हजार २०० ले घटेको थियो ।
आज चाँदीको भने स्थिर मूल्य रहेको छ । महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।