आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तोलामा दुई हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

बुधबार, मंसिर २६ २०८१

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ ।

मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।