आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बढ्यो सुनको मूल्य, कति छ आज ?

सोमबार, मंसिर २४ २०८१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।