आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

घट्यो सुनचाँदीको मूल्य

आइतबार, मंसिर २३ २०८१

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुन प्रतितोला चार सय रुपियाँले घटेर एक लाख ४९ हजार सात सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार एक सय रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदी २५ रुपियाँले घटेर एक हजार ८६५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार यसको मूल्य एक हजार ८९० रुपियाँ थियो ।