बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एभरेष्ट बैंकका ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता

आइतबार, चैत्र १० २०७५

काठमाडौं चैत, १०–
एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ जसमार्फत कार्डहोल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउनेछन् । एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुन्छ । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दे आइरहेको छ ।