बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा आज पनि संसद अवरुद्ध

आइतबार, चैत्र १० २०७५

काठमाडौं चैत, १०–
आजको संसद बैठक पनि राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) ले  अवरुद्ध गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । यसअघि सरकारले पूर्वन्यायाधीश लालको नेतृत्वमा  मधेस आन्दोलन लगायतका आन्दोलनमा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको थियो । 

राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले पटक पटक आश्वासन दिए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले आजको संसद बैठक पनि अवरुद्ध गर्ने बताए ।

लगत्तै राजपा सांसदहरु सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।
 पटक पटक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि सरकारले आजसम्म लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छैन ।