काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङ र राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिचको भेटका क्रममा सीलाई नेपाल भ्रमणको निम्तो दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
आज नै बिहान भएको द्विपक्षीय औपचारिक वार्ताका क्रममा ओलीले चिनियाँ समकक्षीलाई पनि भ्रमणको निम्तो दिएका हुन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले अनुकूल समय मिलाएर नेपाल भ्रमण गर्ने वचन दिएको ढकालले जानकारी दिए । उक्त द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको छ।
सोमबार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली पर्सि बिहीबार स्वदेश फर्कनुहुने छ।